logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

अतिविपन्न र श्रीमानविहीन ५ महिलालाई दूधालु गाई प्रदान


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर र नवलपुरमा श्रीमानको निधन भइसकेका ५ जना अतिविपन्न महिलालाई एक÷एक वटा गाई प्रदान गरिएको छ ।

नेपाल डेभलपमेन्ट सोसाइटीको आर्थिक अनुदानमा स्थानीय समाज विकास केन्द्र हजारबिघाले सहजीकरण गरी श्रीमानको निधन भइसकेका र आर्थिक अवस्था कमजोर रहेका ५ जना महिलालाई दुहुनो गाई प्रदान गरेको हो । हरिपुर नगरपालिका ५ मजुर्वाकी सायरा खातुन, जुखन नेशा, खैतुन खातुन, गुल्सन खातुन र लालबन्दी नगरपालिका १ नवलपुरकी रश्मी कार्कीलाई गाई उपलब्ध गराइएको हो ।

मधेश प्रदेशसभाका सदस्य बिमला अन्सारीबाट ती गाई महिलाहरुलाई प्रदान गरिएको स्थानीय समाज विकास केन्द्र हजारबिघाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए । नेपाल डेभलपमेन्ट सोसाइटीले विपन्न परिवारका लागि चापाकल गाढ्ने, सिलाईकटाई मेसिन प्रदान गर्ने, बाख्रा वितरण गर्ने, ठेलागाडा वितरण गर्ने लगायत सामाजिक काम गर्दै आइरहेको छ ।