logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

शितलहरले गर्दा सर्लाहीमा आज पनि असाध्य कठ्यांग्रिदो चिसो, छुप्रा बस्तीमा बस्नेहरुको अवस्था दयनीय


  • उज्यालो अभियान

मलंगवा – बाक्लो हुस्सु र शितलहरले गर्दा सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो छ ।

अहिले बिहानीपख बाहिर हिँड्दा भिज्ने गरी शित झरिरहेको छ । असाध्य कठ्यांग्रिदो चिसोले विपन्न वर्गका मानिस अति नै प्रभावित बनिरहेका छन् ।

दीर्घ रोगी, बालबालिका, पाका मानिसलाई चिसोबाट जोगाउन मुस्किल परिरहेको छ । शितलहरले गर्दा बाहिर मानिसको हिँड्डुल घटेको छ ।

चिकित्सकले पनि यो बेला सकेसम्म घर बाहिर ननिस्कन, ताता र झोलिला खानेकुरा प्रशस्त खान, सावधानीपूर्वक आगो ताप्न र चिसोबाट बच्ने उपायहरु अपनाउन सुझाव दिँदै आएका छन् । चिसोले कठ्यांग्रिएर ज्यानै समेत जान सक्ने भएकाले यस्तो माौसममा निकै सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

ठिहीका कारण दिनुहँ मजदुरीमा निस्कनुपर्ने मजदुर र किसानलाई निकै नै समस्या परिरहेको छ । विभिन्न स्थानका हाम्रा संवाददाताहरुका अनुसार निरन्तर शितलहर चलिरहँदा मानिसहरु घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । दाउरा नपाइने मधेशका ग्रामीण भेगहरुमा महिला, बालबालिका, वृद्धवृद्धा सबै परालको घुर बालेर ताप्ने गरेका छन् ।

चिसोले छाप्राका बस्तीहरु, डोम तथा मुसहर बस्ती निकै प्रभावित छन् । सर्लाहीमा हिजो दिनभर नै घाम लाग्न सकेन । घामै नलाग्दा मानिससँगै पशुचौपाय र पंक्षीहरु समेत प्रभावित छन् ।