logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

धनकौलमा स्कर्पियो दुर्घटना, सबै यात्रु सकुशल


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

धनकौल – सर्लाहीको धनकौल गाउँपालिका–५, छटीघाटमा मंगलबार राति भारतीय स्कर्पियो दुर्घटनामा परेको छ ।

गाडीमा सवार यात्रु भने सकुशल छन् । दक्षिणतर्फबाट बरहथवा आउँदै गरेको बीआर ०६ पीडी ७१२२ नम्वरको स्कर्पियो आफै अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

राति पौने १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ९ जना यात्रु सवार रहेका थिए ।