सर्लाहीको हरिवनमा आइतबार एक दिने खाना महोत्सव सम्पन्न भएको छ ।
हरिवन चेम्बर अफ कमर्शले स्थानीय जातजातिका मौलिक परिकार तथा यहीँ उत्पादन भएका कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले हरिवन नगरपालिका ११ स्थित पूर्व–पश्चिम राजमार्ग छेउको बजारमा खाना महोत्सव आयोजना गरेको हो । महोत्सवमा मगर, थारुसहित विभिन्न जातजाति विशेषका परिकारसहित महादेव जनता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको तरकारीसहित अन्य चिजबिज बिक्रीका लागि राखिएको थियो ।
चेम्बर अफ कमर्श हरिवनका अध्यक्ष कृष्ण ओमपोतेको अध्यक्षतामा आयोजित खाना महोत्सवको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलानसहित ठूलो संख्यामा सर्वसाधारणले अवलोकन गरेका छन् ।