logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो, हुस्सु कम लागेपनि शित झरिरहँदा समस्या


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो छ ।

हिजोको तुलनामा आज हुस्सु कम भएपछि शित झरिरहेका ठिर्याउँदो चिसो भइरहेको हो । यस क्षेत्रमा हिजो दिनभर बाक्लो हुस्सु र शितलहर चलेर घाम नै लागेन ।

आज मौसम केही खुलेपनि घाम भने देखा परेको छैन् । जिल्लाभरको मौसम अहिले धुम्मिएको छ । पानी छिट्याए झैँ शित झरिरहेका कारण बाहिर हिँड्डुल गर्नुपर्नेहरुलाई समस्या भएको छ ।

पछिल्ला दिनहरुमा बढेको चिसोले विपन्न परिवारलाई गाह्रो पारेको छ । जसको लगाउने न्यानो कपडा र राति सुत्दाको ओढनेआछेयाउने छैन् उनीहरु धेरै प्रभावित भइरहेका हुन् । अहिले बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरु चिसोबाट बिरामी पर्न थालेका छन् ।

चिकित्सकले शितलहर चलेका बेला अत्यावश्यक काम बाहेक जथाभावी हिँडडुल नगर्न, न्यानो कपडा लगाउन, सावधानीपूर्वक आगो बालेर ताप्न, झोलिला, ताता खानेकुरा मात्रै खान र शरीरमा चिसो नगढ्ने उपाय अपनाउन सुझाव दिइरहेका छन् ।

बढ्दो चिसोले पशुपंक्षी पालन र खेती गर्ने किसानलाई पनि समस्या भइरहेको छ ।