मलंगवा – सर्लाहीमा प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदी हाजिर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले नयाँ प्रहरी प्रमुख (एसपी) सुवेदी शुक्रबार साँझ कार्यालयमा हाजिर भएको जनाएको हो । सुवेदी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगन्ज, काठमाडौँबाट सरुवा भएर यहाँ आएका हुन् ।
यसअघिका एसपी प्रवीण पोखरेल जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएर गइसकेका छन् । नयाँ आएका एसपी सुवेदी इन्स्पेक्टर रहँदा २०६६ असोज ९ गतेदेखि २०६८ साउन २३ गतेसम्म इलाका प्रहरी कार्यालय हरिपुरको प्रमुखको रुपमा कार्यरत थिए ।