logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा बसपार्क व्यवस्थापनबारे छलफल


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बिहीबार बसपार्क व्यवस्थापन र मूख्य सडक निर्माणका सम्वन्धमा छलफल भएको छ ।

मलंगवामा जिल्ला प्रहरी कार्यालय छेउमा नवनिर्मित सुविधा सम्पन्न बसपार्क प्रयोगमा आउन सकेको छैन् भने पुरानो बसपार्क पूरै अवस्थित छ । यस्तै, कृष्णामति माध्यमिक विद्यालयको मोडदेखि हुलाकी सडकसम्मको सडक निर्माण हुन सकेको छैन् ।

यस सम्वन्धमा आज सबै सरोकारवालाहरुलाई भेला पारेर छलफल गरिएको हो । जिल्ला सदरमुकाम भएपनि मलंगवाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो बारम्बार आउने गरेको छ ।

बिहीबारको छलफलमा पनि त्यसबारे सवाल जवाफ भएको सहभागीले बताएका छन् । छलफलमा मुख्य सडक निर्माणको काम अघि बढाउने र नयाँ बनेको बसपार्क पनि संचालनमा ल्याउने निर्णय भएको छ ।

मलंगवाका मेयर नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, निवर्तमान सांसद प्रमोद साह, नागरिक समाजका अगुवालगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।