logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जसपाका एक मात्रै सांसदलाई सम्मान


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा जनता समाजवादी पार्टीबाट निर्वाचित १ मात्रै प्रदेश सभा सदस्य सन्जय राय यादवलाई आइतबार सदमुकाम मलंगवामा पार्टीले सम्मान गरेको छ ।

यादव मंसिर ४ को निर्वाचनमा एमाले–जसपा गठवन्धनबाट क्षेत्र नं. ३ (ख) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । जिल्लाभर पार्टीबाट निर्वाचित एक जना मात्रै प्रदेश सभा सदस्य यादवलाई पार्टीले सम्मान गरेको हो ।

यादवलाई जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र रायसहित नेताहरु प्रमोद साह, अशोक कुमार यादवलगायत भएर माला र दोसल्ला ओढाएर सम्मान गरेका जसपाले जनाएको छ । जसपाबाट सर्लाहीमा प्रतिनिधि सभा सदस्यमा कोही पनि उम्मेदवार बिजयी हुन सकेनन् ।

उसले एमालेसँग गठवन्धन गरी क्षेत्र नं. १ मा प्रमोद साह र ४ मा राकेशकुमार मिश्रलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो । क्षेत्र नं. १ को निवर्तमान सांसद समेत रहनुभएका साह यो पटक तेस्रो र ४ मा मिश्र चौंथो भएका थिए ।