हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाको शनिबार १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ताराराज पन्त (अर्जुन) को अध्यक्षता, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता र हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको विशिष्ठ आतिथ्यतामा सनराईज आवासिय विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा १७ करोड ५३ लाख ६७ हजार ४०८ रुपैयाँ कूल कारोवार गरी ९९ लाख ३५ हजार ८१ रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।
सभामा संस्थाले उत्कृष्ट बचतकर्ताका रुपमा लक्ष्मण श्रेष्ठ, उत्कृष्ट ऋणीका रुपमा पूर्णी कुँमर, बाल बचतकर्ताका रुपमा सुस्मिता लामा, उत्कृष्ट शेयर सदस्यका रुपमा दिनेश ओमपोते र शेयर सदस्यका सन्ततिमध्ये एसईईमा उत्कृष्ट नजिता ल्याउनेमध्ये छात्रबाट विधान निरौला र छात्रातर्फ बिमला महतोलाई सम्मान गरेको छ ।
संस्थाले शेयर सदस्यलाई साँढे १७ प्रतिसत बोनश समेत वितरण गरेको व्यवस्थापक चिरञ्जीवी भट्टराईले जानकारी दिए ।