लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको महालक्ष्मी विकास बैंकको शाखाले शनिबार राधाकृष्ण शिवालय धर्मशाला डुमडुमेलाई फर्निचर सहयोग गरेको छ ।
बैंकका शाखा प्रवन्धक सुदीपचन्द्र पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धर्मशालालाई एक थान अफिस टेबल र एक थान घुम्ने कुर्सी सहयोग गरिएको जानकारी दिए ।
लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा धर्मशाला निर्माण समितिका संयोजक देविबन्धु थापालाई ती फर्निचर प्रदान गरिएको महालक्ष्मी बैंक लालबन्दी शाखाले जनाएको छ ।