logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रेशम चौधरीलाई छुटाउन माग गर्दै लालबन्दीमा प्रदर्शन


  • उज्यालो अभियान

लालबन्दी – रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै बिहीबार सर्लाहीको लालबन्दीमा प्रदर्शन भएको छ ।

सरकारले ल्याउन लागेको अध्यादेश तुरुन्त प्रमाणित गरी चौधरीलाई जेलमुक्त गर्न माग गर्दै शान्तिपूर्ण विरोध र्याली निकालिएको हो । थारु कल्याणकारिणी सभा थरुहट÷थरुवान संयुक्त संघर्ष समिति जिल्ला कार्य समितिको आयोजनामा लालबन्दीस्थित जनवादी चौकबाट सुरु भएको ¥याली डुमडुमे मन्दिर अगाडि आएर कोण सभामा परिणत भएको थियो ।

सभालाई थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बलिराम चौधरी लगायतले सम्वोधन गरेका र्यालीमा सहभागी सूर्यनारायण चौधरीले जानकारी दिए । र्यालीमा सहभागीले मानवताको अधिकार हाम्रो पनि बराबर, जनताको लागि लडेको जेलमै सड्नु परेको लगायतको नारा लेखिएको पर्चा बोकेर हिँडेका थिए ।