logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

हरिवन – सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो । सोही स्थानमा तुलसी हुमागाईंले सञ्चालन गरेको चिरान मिलमा कुरुवाको काम गर्दै आएकी रखाल बुधबार साँझ मिलभित्रै आगो तापेर बसेकी थिइन् ।

आगो तापिरहेको अवस्थामा अचानक शरीरको कपडामा आगो सल्किई घाइते भएकी रखालको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।