नवलपुर . नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा भेला गरेर चुनावी समिक्षा गरेको छ ।
नवलपुरस्थित जडिबुटी प्रशोधन केन्द्रको परिसरमा पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा चुनावी समिक्षा गर्दै भेला आयोजना गरिएको हो । कार्यक्रममा स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल, पोलिट ब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज रवीन्द्र बैठा, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज डिल्लीप्रसाद उप्रेती, केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेली लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य लुंगेलीलाई पार्टीले दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको छ ।