logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

२ वर्षदेखि मानव सेवाश्रममा राखिएका बालकलाई पारिवारिक पुनर्मिलन गराइयो


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनस्थित मानव सेवाश्रममा २ वर्षसम्म पालनपोषण गरेर राखिएको एक युवकलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।

आश्रममा आकाश मानव नाम दिएर पालनपोषण गरी राखिएका बालकको परिवार २ वर्षपछि सम्पर्कमा आएर आफ्नो छोरालाई बुझेर लगेका हुन् । ती बालक सिरहा गोलबजारका रितु साह रहेको परिवार आएर पुष्टी गरेका छन् ।

बालकलाई २ वर्षअघि रौतहटबाट उद्धार गरेर आश्रममा ल्याई राखिएको थियो । बोल्न नसक्ने बालकको अभिभावक सम्पर्कमा नआएपछि यत्तिको समयसम्म आश्रमले नै पालिदिएको हो ।

अहिले आश्रमको फेसबुकबाट थाहा पाएर बालकको आमालगायत आएर बालकलाई बुझेर लगेको आश्रमकी संयोजक सम्झना अधिकारीले जानकारी दिईन् । रितुका परिवारले आश नै मारिसकेको छोरा जिवितै फेला पार्दा असाध्य खुसी व्यक्त गरेको र यत्तिको समयसम्म आश्रमले पालनपोषण गरेर राखिदिएकोमा खुसी व्यक्त गरेको अधिकारीले बताईन ।

हरिवन १ कैलाशीपुरमा संचालित मानव सेवाश्रममा सडकबाट उद्धार गरेर ल्याइएका र आफ्ना कोही नभएकाहरुलाई पालनपोषण र औषधि उपचार गरी राखिएको छ ।