logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बयलवासमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक कर्मचारीको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्वरको मोटरसाइकललाई बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० नम्वरको ट्याक्टरले ठक्कर दिँदा महोत्तरीको सोनमा गाउँपालिका–२, बस्ने ३५ वर्षीय उदय कुमार साहको ज्यान गएको हो । साहलाई बयलवासमा सामान्य उपचार गरी थप उपचार गर्न जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासले जनाएको छ ।

मृतक साह पर्साको पटेर्वा सुगौली गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।