भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सोमबार विद्यार्थीलाई २५० जोर जुत्ता वितरण गरिएको छ ।
गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त जुत्ता चिसोबाट प्रभावित भइरहेका विपन्न बालबालिकालाई वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको रोहबरमा बालबालिकालाई जुत्ता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यक्रममा ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, शिक्षा शाखाका उप–सचिव हरि दाहाल, जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय यादव, विद्यालयका प्रधानाध्यापक सीताराम दाहाल लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।