logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हुलाकी सडकको धुलो सहन नसकेपछि आन्दोलनमा उत्रिए ब्रह्मपुरीवासी


  • उज्यालो अभियान

ब्रह्मपुरी – बर्षौंदेखी अलपत्र रहेको हुलाकी सडक कालोपत्रको माग गर्दै ब्रहम्पुरीका स्थानीयले पनि आइतबार सवारी आवागमन अवरुद्ध पारेका छन् ।

हुलाकी सडकमा एक महिना यता यस्ता आन्दोलन यो तेस्रो ठाउँ हो । यसअघि कौडेना र मुसैलीमा सवारी आवागमन अवरुद्ध पारिएको थियो ।

त्यसलगतै त्यहाँ कालोपत्रको काम हुनथालेपछि ब्रहम्पुरीका स्थानीयले पनि सडक अवरुद्ध गरेका हुन् । उनीहरुलाई पनि सडक अवरुद्धपछि कालोपत्र हुने आश छ ।