बागमती – सर्लाहीको बागमती नगरपालिकास्थित धरहरामा रहेको एक विद्यालयले विद्यार्थीलाई छात्रावृत्ति तथा पुरस्कार वितरण गरेको छ ।
शुक्रवार बागमती नगरपालिका–२, धरहरामा रहेको जन वालकल्याण माध्यमिक विद्यालय धरहराले औपचारिक कार्यक्रमकावीच छात्रवृत्ति तथा कक्षागत उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । बिद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममार्फत नगर प्रमुख भरत कुमार थापाले पुरस्कार एवं छात्रवृत्ति वितरण गरेका विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराको सभाध्यक्षतामा आयोजित कार्यक्रम मार्फत शौक्षिक सत्र २०७८÷०७९ को छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा शैक्षिकसत्र २०७८ मा १ देखी ९ सम्म कक्षा उत्कृष्ठ हुने १० जनालाई पुरस्कार वितरण गरिएको छ । कक्षा उत्कृष्ठ भएका मध्य १ देखी ५ कक्षा सम्मकालाई बिद्यालयको लोगो अंकित झोला र ट्रयाक सुट वितरण गरिएको बिद्यालयले जनाएको हो ।
यस्तै कक्षा ६ देखी ९ सम्मका ५ जनालाई एक–एक थान साईकल पुरस्कार स्वरुप प्रदान गरिएको बिद्यालयका शिक्षक निर्मल तिमल्सिनाले बताए । यसरी पुरस्कृत हुनेमा कक्षा १ कि सुप्रिया डिमडोम, २ कि राची घलान, ३ कि सपना कालिकोटे, ४ कि निशा केसी, ५ कि सन्ध्या लोप्चन, ६ (ए) कि स्मृती बोहरा, ६(बि) कि गंगा खत्री, ७ का अविनाश मोक्तान, ८ कि सुष्मा कुमारी साह, ९ को घनश्याम कुमार महतो रहेका बिद्यालय प्रशासनले जनाएको हो ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय विशिष्ट अतिथि र वडाध्यक्ष टेक बहादुर बल, नगर शिक्षा शाखाका ओम बहादुर कार्की, बिद्यालय ब्यवस्थापन समितिका बरिष्ठ सदस्य गिता बहादुर भट्टराई, ३ नम्बर वडाका वडासदस्य श्रीमान स्यांतान, रुपा बोम्जन, २ नम्बर वडा सदस्य सिता परियार, शुशिला कुमारी थापा, प्रधानाध्यापक भरत बहादुर थापा, सुरेश यादव, स्थानीय अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिद्यार्थी शिक्षक शिक्षिका बिद्यार्थी लगाएतको समते सहभागिता रहको बिद्यालयका प्रधानाध्यापक जिम्बाले बताए ।