logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिताका लागि अन्तक्र्रिया


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बुधबार राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

माण्डबी संस्थाको आयोजनामा जिल्ला समन्वय समिति (जिसस) सर्लाहीका सभापति कौशलकिशोर सिंहको अध्यक्षतामा सरोकारवालाहरुलाई उपस्थित गराई अन्तक्र्रिया गरिएको हो । सहभागीहरुले महिलालाई अहिले पनि राजनीतिमा आउन गाह्रो नै रहेको बताएका थिए ।

माण्डबीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधि, महिला अधिकारकर्मी, महिला जनप्रतिनिधि लगायतले महिलालाई राजनीतिमा आउन रहेका अनेकौँ चूनौतिका विषयमा मन्तव्य राख्नुभएको जानकारी दिए ।