logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ब्रह्मपुरीमा बेपत्ता बालिका पोखरीमा मृत भेटिईन्


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिका–६, नोकेल्वामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय देवशरण रायकी छोरी वर्ष १० की उषाकुमारी यादवको घरदेखि चार सय मिटर पूर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा डुबेर मृत्यु भएको हो । मंगलबार बिहानैदेखि बेपत्ता उषाकुमारी गएसाँझ अबेर पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा रहेको र घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनायो ।