logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – नेपाल पत्रकार महासंघ शखा सर्लाहीको ११ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेँडागाउँस्थित होलिडे रिसोर्टमा महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षता तथा महासंघकै केन्द्रिय सदस्य रिंकुकुमारी मिश्रको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, महासंघका संस्थापक जिल्ला अध्यक्ष चूडामणि वाग्ले, महासंघकै निवर्तमान जिल्ला अध्यक्ष विश्वनाथ ठाकुर र लालबन्दी नगरपालिका १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले शुभकामना मन्तव्य व्यक्त गरे ।

यस्तै, कार्यक्रममा समाजसेवी सुरेन्द्र लामा, सशस्त्र प्रहरीका एसपी भरत खनियाँ, जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठ, भैरवी दल गण पाँचकुमारी ब्यारेकका सेनानी श्याम थपलिया, विभिन्न पत्रकार तथा संचार संघ संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सुनिल कुमार ठाकुरले संचालन गर्नुभएको कार्यक्रममा महासंघका जिल्ला सह–सचिव घनश्याम सिंहले स्वागत मन्तव्य राखे ।

साधारण सभामा स्वर्गिय शिवहरि भट्टराईको तस्बिरमा माल्र्यापण गरी उहाँप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । यही मंसिर १७ गते नै आयोजना गरिएको साधारण सभा कार्यक्रमको विशिष्ट अतिथि बनेर आएका प्रेस काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराईको असामयिक निधनपछि स्थगित भएको थियो ।

प्रदेश र केन्द्रको साधारण सभा अघिनै जिल्लाको साधारण सभा गर्नुपर्ने भएकाले शोककै बीच भट्टराईप्रति श्रद्धान्जली व्यक्त गर्दै साधारण सभा सम्पन्न गरिएको नेपाल पत्रकार महासंघ सर्लाहीले जनाएको छ । साधारण सभामा महासंघको गत आर्थिक वर्ष २०७८÷०७९ को गतिविधि र हरहिसाबसहितको अडिट रिपोर्ट समेत सार्वजनिक गरिएको थियो ।