logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

विद्यार्थीको उपस्थितिमा ३ दिने संसदीय बहस नामक कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

सर्लाहीको हरिवनमा ३ सय जना विद्यार्थीको उपस्थितिमा ३ दिने संसदीय बहस नामक कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासको युवा परिषद्को सहयोगमा हरिवनस्थित एक निजी विद्यालयमा जिल्लाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत ३ सय विद्यार्थीको उपस्थितिमा संसदीय बहस गराइएको हो । विद्यार्थीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा हुँदै आएको संसदीय अभ्यास र त्यसबारेमा विस्तृत जानकारी दिने, त्यस्ता खालका अभ्यास गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने र देश निर्माणको निम्ती नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाको परियोजना संयोजक प्रज्वल भण्डारीले जानकारी दिए ।

कार्यक्रममा हिजो प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नगर प्रमुख रमेश बुढाथोकी (कमल) लगायतको उपस्थितिमा समापन गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले ३ दिनको छोटो कार्यक्रम भएपनि आफूहरुले धेरै कुरा सिक्न पाएको र नयाँ उर्जा थपिएको भन्दै खुसी व्यक्त गरेका छन् ।