logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पत्रकार महासंघ सर्लाहीको स्थगित साधारण सभा भोली


  • उज्यालो अभियान

लालबन्दी – नेपाल पत्रकार महासंघ सर्लाही शाखाको शनिबार स्थगित भएको ११ औँ वार्षिक साधारण सभा मंगलबार (भोली) गरिने भएको छ ।

यसअघि १७ गते शनिबार तय गरिएको साधारण सभा कार्यक्रममा सरिक हुन आएका विशिष्ठ अतिथि तथा प्रेस काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको असमायिक निधनपछि स्थगित गरिएको थियो । स्वर्गिय भट्टराईप्रति श्रद्धान्जली व्यक्त गर्दै मंगलबार साधारण सभा आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।

महासंघको केन्द्रीय समितिले नयाँ सदस्यता वितरण र पुराना सदस्यको नवीकरण तत्काल सक्न निर्देशन दिएको अनि पुस २ र ३ गते वीरगन्जमा प्रदेश साधारण सभा आयोजना गरिएकाले त्यसअघि नै साधारण सभा गर्नुपर्ने भएकाले शोककै बीच साधारण सभा गर्न लागिएको क्षेत्रीले बताए । मंगलबार बिहान ८ बजेपछि लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेँडास्थित होलिडे रिसोर्टमा साधारण सभा राखिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल कुमार ठाकुरले बताए ।

ठाकुरका अनुसार स्वर्गिय भट्टराईको तस्वीरमा माल्यार्पण गरी श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम राखिएको छ । साधारण सभा उद्घाटन समारोहमा सर्लाहीमा क्रियाशील एक जना पत्रकारलाई १५ हजार ५५५ रुपैयाँ नगद राशीको स्वर्गिय गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।

महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा साधारण सभा आयोजना गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।