logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वामा बालविवाहविरुद्धको सडक नाटक प्रदर्शन


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा आइतबार बाल विवाहविरुद्धको सडक नाटक देखाइएको छ ।

नगर बाल संजाल हरिपूर्वाको आयोजना, हरिपूर्वा नगरपालिकाको समन्वय र बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजनको सहयोगमा हरिपूर्वा नगरपालिका ५ मा सडक नाटक प्रदर्शन गरिएको हो । ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसाविरुद्धको अभियान’ अन्तर्गत सडक नाटक देखाइएको आयोजकले जनाएको छ ।

सडक नाटकमार्फत कलाकारले मधेशमा हुने बालविवाह, यसको यसर, कानूनी प्रावधानलगायत बारे प्रष्ट पारेका थिए ।

हरिपुर्वाका नगरप्रमुख विनोद साह कानुको प्रमुख आतिथ्यतामा आयोजित सडक नाटक हेर्न प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, प्रशासकीय अधिकृत कुमार परियार, वडाध्यक्षहरु, स्थानीय वासिन्दा, विद्यार्थी लगायत सहभागी भएका थिए ।