मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पहिलो पटक महिला सेलको प्रमुखमा महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई राखिएको छ ।
चुनावअघि यहाँ काज सरुवा भएर आउनुभएकी इन्स्पेक्टर संगिता पाण्डेलाई महिला तथा बालबालिका सेलको जिम्मेवारी दिइएको हो । तराईका जिल्लाहरुमा महिला प्रहरी निरीक्षकलाई बिरलै पठाउने गरिन्छ ।
भर्खरै तालिम सकेर आउनुभएकी पाण्डे ‘फ्रेस’ इन्स्पेक्टर हुन् । यसअघि महिला प्रहरी सहायक निरीक्षक (असई) महिला सेलको इन्चार्ज थिईन् ।
अहिले प्रहरी निरीक्षक पाण्डे आएपछि उनलाई महिला सेलको जिम्मेवारी दिइएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रवीण पोखरेलले जानकारी बताए । महिला सेलले महिलाहरुसँग जोडिएको ‘केश’ हेर्ने गर्छ ।