logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नवनिर्वाचित माननीयहरु विजय र्यालीमा ब्यस्त


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य विजय ¥यालीमा ब्यस्त रहेका छन् ।

मङ्सिर ४ को निर्वाचनबाट जिल्लामा निर्वाचित चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्य आ–आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक बस्तीमा विजय ¥यालीसहित पुगिरहेका हुन् । आफूलाई मतदान गराएर जिताएपछि निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्य मतदातालाई धन्यवाद दिन घरदैलोमा गइरहेका छन् ।

सर्लाहीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित क्षेत्र नम्वर १ का रामप्रकाश चौधरी, क्षेत्र नम्वर २ का महिन्द्र राय यादव, क्षेत्र नम्वर ३ का हरि उप्रेती र क्षेत्र नम्वर ४ का डा. अमरेशकुमार सिंह मतपरिणाम घोषणा भएदेखि नै विजय ¥यालीमा सरिक भइरहेका छन् । त्यस्तै, प्रदेश सभामा निर्वाचित क्षेत्र नम्वर १ (क) का उपेन्द्र महतो, १ (ख) का बेची लुङ्गेली, क्षेत्र नम्वर २ (क) का जङ्गिलाल राय, २ (ख) का कौशलकिशोर राय, ३ (क) का जवाहारलाल कुशवाह, ३ (ख) का सञ्जयकुमार यादव, ४ (क) का वीरेन्द्रप्रसाद सिंह र ४ (ख) का फकिरा महतो पनि विजय ¥यालीमा सहभागी भइरहेका छन् ।

दलबाट निर्वाचित जनप्रतिनिधि कार्यकर्तासहित विजय ¥यालीमा सरिक भइरहनुभएको छ भने स्वतन्त्रबाट निर्वाचित उम्मेदवार आफ्ना समर्थकलाई लिएर बाजागाजासहित विजय ¥यालीमा सहभागी भइरहेका छन् । सर्लाहीमा पार्टीबाट टिकट नपाएपछि दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दिइ विजयी भएका छन् ।

प्रतिनिधि सभामा क्षेत्र नम्वर ४ बाट डा. अमरेशकुमार सिंह र ३ (क) बाट जवाहारलाल कुशवाहा प्रदेश सभामा निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिको विजय ¥यालीमा प्रहरीले सुरक्षा पहरा दिने गरेको छ ।