जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी एक परिवारले सोही वडाको जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आइतबार खाद्यान्न सहयोग गरेको छ ।
स्वर्गिय लोकबहादुर खड्काको पहिलो वार्षिक पुण्य तिथी (बरखी) पारेर उनको परिवारले आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धालाई भोजन गराउनका लागि खाद्यान्न प्रदान गरेको हो । खड्का परिवारले आश्रममा ५० केजी चामल, ५० केजी आलु र ५ लिटर खानेतेल प्रदान गरेको आश्रमले जनाएको छ ।
स्वर्गिय लोकबहादुरकी श्रीमती चन्द्रकुमारी खड्का, छोरा बुहारीहरु निरबहादुर खड्का÷तारा खड्का, उपेन्द्र खड्का÷भवानी खड्का लगायतले आश्रममै आएर खाद्यान्न प्रदान गरेको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिए ।