रक्तदान गर्दै निवर्तमान प्रदेश सभा सदस्य बेची लुंगेली । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबार १४३ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ लालबन्दी सिटी, लायन्स क्लब अफ लालबन्दी सेन्चुरी र लालबन्दी सिटी लियो क्लबले संयुक्त रुपमा लालबन्दी–७ स्थित ऐनसेल पसल अगाडि आयोजना गरेको शिविरमा १४३ सहभागी भई रक्तदान गरेका हुन् । शिविरमा संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी जनकपुरलाई प्रदान गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए ।
लायन्स क्लबले लालबन्दीमा बर्सेनि यसै ठाउँमा रक्तदान शिविर आयोजना गर्दै आइरहेको छ । क्लबले यस क्षेत्रमा असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोगसहित अन्य सामाजिक काम पनि गर्ने गरेको छ ।