logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मानव सेवाश्रममा साहले गराए पहिलो भोजन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, कैलाशपुरीमा सरेको मानव सेवाश्रममा संविधान सभाका सदस्य एवं समाजसेवी नरेन्द्रप्रसाद साहले आइतबार पहिलो भोजन गराएका छन् ।

हरिवन नगरपालिका–९, नयाँरोडमा भाडाको घरबाट संचालन भइरहेको आश्रम शनिबार बेलुकामात्रै कैलाशपुरीस्थित नगरपालिका कार्यालयले प्रदान गरेको ज्येष्ठ नागरिक भवनमा सारिएको थियो । संविधान सभाका सदस्य साहले आइतबार बिहान सोही ठाउँमा पुगेर त्यहाँ आश्रय दिएर राखिएकाहरुलाई भोजन गराएका हुन् ।

साहसँगै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) पनि आश्रममा पुगेका थिए । समाजसेवी साह मंसिर ४ मा हुन लागेको निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ मा गठवन्धनको तर्फबाट संघीय चुनाव लड्ने तयारीमा छन् ।

उनी गएको बुधबार मात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । यसैबीच, संविधान सभाका सदस्य एवं समाजसेवी साह आइतबार बिहान हरिवनस्थित सुखेपोखरीमा भएको सडक सरसफाई कार्यमा सहभागी भएका छन् ।

हरिवन नगरपालिकाका मेयर बुढाथोकीको अगुवाईमा हरेक शनिबार चल्दै आइरहेको सार्वजनिक स्थल सरसफाई अभियान अन्तर्गत आइतबार सुखेपोखरी क्याम्पसदेखि पश्चिमतर्फको सडक सरसफाईमा साह पनि सरिक भएका हुन् ।

सडकको दायाँबायाँ झाडी फाड्नेदेखि अन्य सरसफाईको कार्यमा साहसँगै निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, सुरक्षाकर्मी, स्थानीयवासीलगायत सहभागी भएका नगरप्रमुख बुढाथोकीले बताए ।