बरहथवा – सर्लाहीको बरहथवाबाट संचालन भइरहेको रेडियो बरहथवा १०१ दशमल १ मेगाहर्ज दसौ बर्ष मा प्रवेश गरेको छ ।
२०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शनिबार बाट दशौ वर्षमा प्रवेश गरेको रेडियोका संचालक घनश्याम सिंहले जानकारी दिए । रेडियोले बिहान ५ बजेदेखि राती १० बजेसम्म सामाचार तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको छ ।
त्यस्तै, रेडियोले बिहान ८ बजे र बेलुका ६ः३० बजे सामुदायिक रेडियो एकतासँग सहकार्य गरेर स्थानीय समाचार समेत प्रशारण गर्दै आइरहेको छ । अहिले सय वाटमा संचालन भइरहेको रेडियो चाडपर्व लगत्तै ५ सय वाटमा संचालन गर्ने तयारी रहेको संचालक सिंहले बताए ।