बसबरिया – सर्लाहीको बसबरिया गाँउपालिकामा बिहीबार मुसहर महिला सशक्तिकरण मन्च बसबरियाको आयोजनामा नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्डेफको सहयोगमा साप नेपालले नेपाल मुसहर संघसँगको समन्वयमा संचालन गर्दे आईरहेको “नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन” कार्यक्रम अन्तरगत मुसहर महिला सशक्तकरण मन्चले हालसम्म गरेका प्रगति सम्वन्धी विवरण कार्यक्रममा केन्द्रीत रही बसबरिया गाँउपालिकाको सभा हलमा अन्तरक्रिया गरिएको हो । बिगतका दिनमा सूचना नपाएर स्थानीय सरकारको कार्यक्रमबाट बन्चितीकरणमा परेको, नेताहरुले आफु खुसी बजेट खर्च गर्ने गरेको गुनासो छ ।
हाल आफूहरु समुहमा बसेर मुसहर महिलाहरुले कृषि समुह दर्ता गरेको, बंैक खाता खोलेर मासिक बचत गर्दै आईरहेको समुहकी अध्यक्ष सीता माझीले बताईन् । दलित वडा सदस्य सिता देवी माझीले हाल मुसहर महिलाहरु आफ्नो समुदायको विकासका लागी योजना माग गर्दै वडा कार्यालय, कृषि, पशु कार्यालय र नगरपालिका जाने गरेको बताईन् ।
कार्यक्रममा साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल)का कार्यक्रम संयोजक जनक कार्कीले मुसहर समुदायमा गरिएको नागरिक प्रतिवेदन पत्रको सर्वेक्षण अनुसार ८५ प्रतीसत मुसहर समुदायमा वजेटवारे जानकारीनै नरहेको बताए । बसबरियाका अधिकांस मुसहर बालबालिकाहरु जन्म दर्ता प्रमाण पत्र नभएकाले घरसंगै जोडीएको बिद्यालय जानबाट बन्चित रहेको बताइएको छ ।
मुसहर अगुवा पचुलाल माझीले नीतिगत पैरवी पत्र प्रस्तुतगर्दै बिगत ५ बर्षमा मुसहर समुदायले गाँउपालिकाबाट कुनै पनि सेवा सुबिधा नपाएको तथ्य सार्बजनिक गरे । कार्यक्रममा बोल्दै गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख दुर्गा पौडेलले पालिकाले महिला तथा लक्षित बर्गको लागी कुनै बजेट नछुट्टाएको बताईन् ।
गाँउपालिकाकी उपाध्यक्ष सरिता कुमारीले महिला तथा लक्षित बर्गको बजेट ग्यास चुलो र सिलिण्डर बितरण गर्ने बताईन् । उनले आगामी दिनमा योजना तथा कार्यक्रमहरु दलित समुदायलाई लक्षित गरेर तयार पार्ने प्रतिवद्धता व्यक्त गरिन् ।