logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एनएमबी बैंकद्वारा आश्रममा सहयोग


  • उज्यालो अभियान

जुटपानी – एनएमबी बैंकको लालबन्दी शाखाले बिहीबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न र अन्य सरसामग्री सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी २ जुटपानीमा रहेको सो आश्रममा ३० थान प्लाष्टिकका कुर्सी, ४ बोरा चामल (१०० केजी), चिनी ५० केजी, दाल ६ केजी, ग्याँस चुल्हो २ थान, रेगुलेटर २ थान र कुकर २ थान प्रदान गरेको शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।

आचार्यकै अध्यक्षता, बैंकको मधेश प्रदेशका प्रमुख कमल पोख्रेलको प्रमुख आतिथ्यता तथा एरिया मेनेजर मिथिलेश झाको उपस्थितिमा आश्रममा खाद्यान्न र ती सरसामग्री प्रदान गरिएको हो ।

बैंकका कर्मचारीले आश्रमका वृद्ध बुवाआमालाई माया गरी फ्रुटी समेत वितरण गर्नुभएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले बताईन् ।