logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राजमार्गको अवरोध हटाउन कार्ययोजना


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरमा बुधबार पूर्व–पश्चिम राजमार्गको अवरोध हटाउने सम्वन्धमा सरोकारवालाबीच छलफल गरिएको छ ।

नवलपुरस्थित कृषि यान्त्रिकीकरण तथा अनुसन्धान केन्द्रको हलमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षमा सबै सरोकारवाला सहभागी भई सो सम्वन्धमा छलफल गरिएको हो ।

छलफलबाट राजमार्गमा कुनै पनि बेला अवरोध भए सो हटाउनका लागि कार्ययोजना बनाइएको र त्यसलाई पारित समेत गरिएको प्रजिअ गौतमले बताए ।

नियमत् पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित हुने गरी कुनैपनि पक्षले अवरोध गर्न नपाइने उल्लेख छ । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, सुरक्षा अधिकारी, डिभिजन सडक कार्यालय चपुरका प्रमुख दरोगाप्रसाद, यातायात व्यवसायीलगायत सरोकारवाला सहभागी भएका नवलपुर निवासी यातायात व्यवसायी दीपक श्रेष्ठले बताए ।