बरहथवा – सर्लाहीको बरहथवामा बुधबार मुसहर महिला सशक्तिकरण मन्च बरहथवाको आयोजनामा नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्डेफको सहयोगमा साप नेपालले नेपाल मुसहर संघसँगको समन्वयमा संचालन गर्दै आईरहेको “नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन” कार्यक्रम अन्र्तगत मुसहर महिला सशक्तीकरण मन्चले हालसम्म गरेका प्रगती सम्वन्धी विवरण कार्यक्रममा केन्द्रीत रही बरहथवा नगरपालिकाको सभा हलमा अन्तरक्रिया गरिएको हो । हिजोसम्म कसैसंग बोल्न प¥यो भने डरलागेर लुक्ने गरेकोमा मुसहर महिला अहिले कृषि समुह दर्ता गरेर बैंक खाता खोलेर मासीक बचत गर्दै आईरहेका समुहको सचिब संझाबती माझीले बताईन् ।
हाल मुसहरहरु आफ्नो योजना माग गर्दै वडा कार्यालय र नगरपालिका जाने गरेको उनले बताईन् । कार्यक्रममा बोल्दै बरथहवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले बिगतमा जे जस्तो भएपनि आगामी दिनमा नगरपालिकाको कार्यक्रमहरु लक्षित समुदायलाई केद्रमा राखेर तयार पार्ने बताईन् ।
कार्यक्रममा साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल)का कार्यक्रम संयोजक जनक कार्कीले बरथहवा नगरपालिकाले बिगत ५ बर्षमा गरेको खर्च तथा कायक्रमको आर्थिक बजेटलाइ हेर्दा नगरपालिकामा स्थानिय सरकारको कार्यक्रम पिछडिएको मुसहर समुदाय सम्म नपुगेको पाइएको बताए ।
मुसहर समुदायमा गरिएको एक सर्भेक्षणमा ८० प्रतीसत मुसहर समुदायमा वजेट वारे जानकारी नै नरहेको पाइएको छ ।