logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा ११ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण


  • उज्यालो अभियान

मलंगवा सर्लाही सदरमुकाम मलंगवामा मंगलबार १ हजार १ सय जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

किवानिस क्लब निलगिरीले जिल्लाको विभिन्न पालिकाका विद्यालयहरुमा संचालन गरिरहेको शिविर अन्तर्गत मंगलबार जेसिस आवासिय विद्यालय मलंगवाका १ हजार १ सय विद्यार्थीको बिना शुल्क आँखा जाँच गरिएको हो ।

शिविरमा चश्मा आवश्यक देखिएका विद्यार्थीलाई चश्मा र औषधि आवश्यक परेका विद्यार्थीलाई औषधि समेत निःशुक्ल प्रदान गरिएको शिविरका अभियानकर्ता राजकुमार न्यौपानेले जानकारी दिए ।
यस प्रकारको शिविर लालबन्दी, इश्वरपुर, हरिपुरलगायत पालिकाका विभिन्न विद्यालयमा संचालन भइरहेका छन् ।

यसअघि आइतबार र सोमबार हरिपुरका विभिन्न विद्यालयमा राखिएको शिविरमा २ हजार ५ सय विद्यार्थीको आँखा परीक्षण गरिएको थियो ।