logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

संविधान दिवस मनाउन जिसस प्रमुख सिंहको संयोजकत्वमा समिति


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा संविधान दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

सोमबार सदरमुकाम मलंगवामा भएको बैठकबाट जिसस प्रमुख सिंहको संयोजकत्वमा संविधान दिवस मूल समारोह समिति गठन गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रत्येक कार्यालयका प्रमुख र पालिकाका प्रमुख प्रशासकीय अधिकृत सो समितिमा सदस्य छन् ।

संविधान दिवस मनाउन केन्द्रबाटै असोज २, ३ र ४ गते दीप प्रज्वलनसहितका कार्यक्रमहरु तय भएर आएको र त्यसमा आफूहरुले यहीँ जिल्लाबाट अली फरक खालको सिर्जनशील कार्यक्रम समेत थप गर्न लागेको सहायक प्रजिअ अधिकारीले बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम मलंगवामा जिल्ला स्तरीय कार्यक्रम र प्रत्येक पालिका–पालिकामा स्थानीय स्तरका कार्यक्रमहरु पनि हुने छन् ।