हरिवन – सर्लाहीको हरिवनमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका ११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीय श्याम कुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पताल नवलपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियो।
सोही अस्पतालमै राति ११ बजे मृत्यु भएको हो ।
महिलाको मृत्यु भइसकेकाले शनिबार बिहान माइती पक्षले शव बुझेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।