logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गुइँठा विस्थापित गर्न ग्याँस चुल्हो वितरण


  • उज्यालो अभियान

ग्याँस चुल्हो बाँड्दै मन्त्री सिंह । (तस्बीर : उज्यालो अभियान)

बसबरिया – मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानिपुरमा शनिबारबाट ग्याँस चुल्हो वितरण गर्न सुरु गरिएको छ ।

ग्याँस चुल्हो विस्थापित गर्ने उद्देश्यले बसबरिया गाउँपालिका ३ भवानिपुर र बरहथवा नगरपालिका १३ सुन्दरपुर चोहर्वामा ८६५ घरधुरीलाई ग्याँस चुल्हो वितरण गरिने सो मन्त्रालयका मन्त्री वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो दिन भवानिपुरका झण्डै ३०० सय घरधुरीलाई ग्याँस चुल्हो बाँडिएको छ ।

प्रत्येक घरलाई भरिएको ग्याँस सिलिण्डर, चुल्हो, पाइप, रेगुलेटर र लाइटर प्रदान गरिने मन्त्री सिंहले बताए । उनले त्यस क्षेत्रमा अधिकांशले गुइँठा बालेर खाना पकाउने गरेकाले स्वास्थ्यलाई ख्याल गर्दै ग्याँस चुल्हो बाँडिएको बताए ।

यस्तै, मन्त्री सिंहले बसबरिया गाउँपालिका–१, मानपुरमा १० लाख रुपैयाँ लागतमा निर्माण भएको प्रतिक्षालयको शनिबार नै उद्घाटन गरेका छन् ।