logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

वनका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरे


  • उज्यालो अभियान

लालबन्दी – डिभिजन वन कार्यालय सर्लाहीका कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

कर्णाली प्रदेशमा पर्ने सुर्खेत जिल्लास्थित डिभिजन वन कार्यालयमा कार्यरत ५८ वर्षीय धनिराम लामिछानेको वन अपराध अनुसन्धानको सिलसिलामा मृत्यु भएपनि सो घटनापछि वनका अन्य कर्मचारीलाई प्रशासनले नियन्त्रणमा लिएको विरोधमा सर्लाहीका वन कर्मचारीले पनि विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।

वस्तुस्थित हेर्दा लामिछानेले आत्महत्या गरेको तथ्य विभिन्न प्रमाणहरुले पुष्टी गरेको भन्दै ४ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएकोप्रति नेपाल वन प्राविधिक संघ, फरेष्ट टेक्निसियन एसोसियसन अफ नेपाल र जुनियर वन प्राविधिक संघले केन्द्रबाटै तय गरेको आन्दोलनको कार्यक्रम अनुसार सर्लाहीमा पनि विरोध जनाइएको हो ।

माथिबाटै तय भएर आएको कार्यक्रम अन्तर्गत मंगलबार डिभिजन वन कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको सर्लाहीका सहायक वन अधिकृत साजन चौधरीले जानकारी दिए । त्यस्तै, आन्दोलित वन कर्मचारीले १५ गते सिंहदरबार घेराउ गर्ने र सोही दिन वन मन्त्रालयमा तालाबन्दी गर्ने बताएका छन् ।