logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जिल्ला समन्वय समिति सम्वन्धी प्रदेश कानून निर्माण गर्न मुख्यमन्त्रीसँग माग


  • उज्यालो अभियान

मुख्यमन्त्रीलाई ज्ञापन पत्र पढेर सुनाउँदै जिसस सर्लाहीका प्रमुख कौशलकिशोर सिंह । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीसहित मधेश प्रदेशको ८ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।

जिल्ला समन्वय समिति सम्वन्धी प्रदेश कानून निर्माण गर्न माग गर्दै मुख्यमन्त्रीमार्फत प्रदेश सरकारसँग माग गरिएको हो । कानून नबन्दा जून उद्देश्यले जिल्ला समन्वय समितिको व्यवस्था गरिएको हो, सो अनुसार काम हुन नसकेको र संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्न नसकिरहेको जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको गुनासो छ ।

प्रदेश राजधानी जनकपुरमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन आठै जिल्लाबाट जिसस प्रमुख तथा उपप्रमुख आइतबार जनकपुरमा भेला भएका थिए ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९३ अनुसार जिल्ला सभालाई आवश्यक बजेट बजेट नेपाल सरकार र मधेश सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था रहेकाले, सो कुराको कार्यान्वयनमा पहल गरिदिन ज्ञापन पत्रमार्फत माग गरिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले जानकारी दिए ।