कौडेना – सर्लाहीको कौडेना गाउँपालिका–६, मा रहेको जनता माध्यमिक विद्यालय इनर्वा सक्रौललाई बुधबार एक क्लबले भलिबल र नेट सहयोग गरेको छ ।
तारा पुन्ज युवा क्लबले विद्यालयलाई एक थान भलिबल र भलिबल नेट सहयोग गरेको हो । क्लबका पदाधिकारीले विद्यालयमै पुगेर खेल सामग्री हस्तान्तरण गरेका छन् ।
विद्यालयमा खेलकुद सामग्री अभाव रहेकाले युवा विद्यार्थीलाई भलिबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले भलिबल र भलिबल नेट सहयोग गरिएको क्लबका सचिव धिरोजकुमार यादवले जानकारी दिए ।