हरिवन – सर्लाहीको हरिवनमा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले हरिवनका मेयर र उपमेयरलाई सम्मान गरेको छ ।
संस्थाले बुधबार आयोजना गरेको तिज विशेष कार्यक्रमको अवसरमा मेयर रमेश बुढाथोकी (कमल) र उपमेयर हरिमाया घलानलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको संस्थाका व्यवस्थापक चिरन्जिवी भट्टराईले जानकारी दिए ।
संस्थाका अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदानसहित सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।