लालबन्दी – सर्लाहीमा सामान्य अवस्थामा गाडी चलिरहेका छन् ।
सडक र चोकचोकमा प्रहरीको उपस्थिति भने बाक्लो छ । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ ।
बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।
सडक र गाडीमा कुनै अवरोध नहोस् भन्नका लागि बिहानैदेखि चोकचोकमा प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार स्थानीय रुटमा चल्ने टेम्पु, म्याजिक तथा जनकपुर–वीरगन्जलगायतको रुटमा चल्ने बस र अन्य सवारी निर्वाध रुपमा गुडिरहेका छन् । बन्दको हल्लाले सवारी साधनमा यात्रु भने कम देखिएका छन् ।
यस्तै, यहाँका हाटबजार पनि बिहानैदेखि खुलेका छन् ।