logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी खानेपानीका पदाधिकारीले लिए सपथ


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा केहीदिनअघि निर्वाचनमार्फत चुनिएका खानेपानी संस्थाका पदाधिकारीले शनिबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले खानेपानी तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष देवनाथ पोखरेललाई सपथ खुवाए । त्यसपछि अध्यक्ष पोखरेलले कार्यकारिणी समिति, वडा समन्वय समिति र प्रतिनिधि परिषद्का सदस्यहरुलाई सपथ ग्रहण गराएका संस्थाले जनाएको छ ।

संस्थाकी कार्यबाहक अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष पोखरेलसहित अन्य पदाधिकारीले शनिबार नै पदभार समेत ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष पोखरेलले लालबन्दीवासीलाई सर्वसुलभ र सुरक्षित खानेपानी उपलब्ध गराउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरेलले यसअघिका समितिले गरेका राम्रो कामलाई निरन्तरता दिने र कमी कमजोरी सुधार गर्दै अघि बढ्ने उद्घोष गरे । पोखरेल नेकपा एमालेको समर्थनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित भएका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान समितिका पदाधिकारी र वडा समितिका अन्य पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।