मलंगवा – सर्लाही सदरमुकाम मलंगवास्थित बाल मन्दिरमा आश्रय लिएर बसिरहेका अनाथ बालबालिकालाई शुक्रबबार एक जना युवाले मिठाई खुवाएका छन् ।
बाल मन्दिरमा आश्रीत १० जना बालबालिकालाई कौडेना घर भएका धिरोजकुमार यादवले कृष्ण जन्माष्टमीको अवसर पारेर मिठाईसहित दिउँसोको खाजा खुवाएका हुन् ।
आफू अहिले विद्यार्थी नै रहेको र बाल मन्दिरमा आश्रय लिएर बसिरहेका बालबालिकालाई थोरै भएपनि सहयोग गरौँ भन्ने उद्देश्यले मिठाई र खाजा खुवाएको यादवले उज्यालो अभियानसँग बताए ।