मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा गएसाँझबाट फोन र इन्टरनेट सूचारु भएको छ ।
मलंगवामा हिजो दिनभर नै फोन र इन्टरनेटले काम नगर्दा अधिकांश सरकारी कार्यालयका कामकाज ठप्प जस्तै भएका थिए भने सेवा लिन पुगेका सेवाग्राही हैरान भएका थिए । साँझ अबेरबाट फोन र इन्टरनेट सेवा सूचारु भएको हो ।
इन्टरनेट नभएर सर्भर डाउन हुँदा हिजो दिनभर सरकारी कार्यालयले सेवा प्रवाह गर्नै नसकेका हुन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन पुगेका थुप्रै सेवाग्राही रित्तोहात फर्किनुप¥र्यो । गम्हरीयामा मर्मतका लागि फाइबरको तार काटिँदा समस्या भएको थियो ।
फोन र इन्टरनेट सूचारु भएपछि स्थानीयलाई पनि राहत मिलेको छ ।