logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा भदौ ७ गतेदेखि बालबालिकालाई फाईजर खोप लगाइने


  • उज्यालो अभियान

खोप कार्यक्रमका विषयमा बिहीबार प्रजिअसहित भएको अन्तक्र्रिया ।

मलंगवा – सर्लाहीमा पाँच वर्षदेखि १२ वर्षसम्मका एक लाख ४० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

सरकारले भदौ ५ देखि ९ गतेसम्म सर्लाहीसहित अन्य केही जिल्लामा सो उमेर समूहका बालबालिकाका लागि भाइजर खोप लगाउने कार्यक्रम तय गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डाक्टर नवलकिशोर झाले सर्लाहीमा भने खोप आउन ढिलो हुने देखिएकाले भदौ ७ गतेदेखि खोप लगाउन सुरु गर्ने गरी तयारीमा लागिरहेको जानकारी दिए । खोप कार्यक्रम भदौ १० गतेसम्म चल्ने छ ।

जिल्लामा पहिलो पटक पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ भने अहिले शिक्षकका लागि तालिम चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख डा. झाका अनुसार लक्षित उमेर समूहका दुई सय जना विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र कायम गरिने छ ।

दुई सय बालबालिका नरहेका विद्यालयको हकमा भने सो विद्यालयका बालबालिकालाई नजिकै अर्को विद्यालयमा राखिएको खोप केन्द्रमा लगेर खोप लगाइने छ । बालबालिकालाई भाइजर खोप लगाउन जिल्लाका २० पालिकामा ८०० स्वास्थ्यकर्मी र ५०० शिक्षक परिचालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर रामदुलार यादवले जनाए ।

सर्लाहीमा अन्य उमेर समूहका मानिसले भने खोप अभाव रहेकाले चाहेर पनि कोरोनाविरुद्धको खोप लगाउन पाइरहेका छैनन् । कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि अहिलेसम्म खोप नलगाएकाले खोप लगाउन चाहेका तर जिल्लामा मौज्दात खोप नै नरहेको स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

कार्यालयका अनुसार सर्लाहीमा अहिले कोरोना भाइरसका चार जना सक्रिय सङ्क्रमित छन् ।