बरहथवा – नागरिकता विधेयक पारित गर्न माग गर्दै सर्लाहीको बरहथवामा मंगलबार प्रदर्शन गरिएको छ ।
नागरिकताविहीन संघर्ष समिति सर्लाहीले नागरिकता विधेयक संसदबाट पारित गरी यस क्षेत्रका नागरिकताविहीनहरुलाई नागरिकता पाउने बाटो खोल्न माग गर्दै प्रदर्शन गरेको हो । समितिले नागरिकता विधेयक पारित गर्न माग गर्दै यस्ता किसिमको दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ ।
संसदको दुवै सदनबाट बहुमतसहित प्रमाणित गर्न राष्ट्रपति कहाँ पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी थिईन् । सरकारले सो विधेयक पुनः संसदबाट पारित गरेर राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिरहेको छ ।