logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वामा नगरस्तरीय बाल क्लब गठन


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा पहिलो पटक नगरस्तरीय बाल क्लब गठन गरिएको छ ।

हरिपूर्वा नगरपालिका–५, मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न नगरस्तीय बाल भेला तथा अन्तक्र्रिया कार्यक्रमबाट बाल अधिकारका लागि काम गर्न भन्दै अंगेश कुमार साह अध्यक्ष रहने गरी ९ सदस्यीय बाल क्लब गठन गरिएको हो । क्लबको उपाध्यक्षमा साहिन खातुन, सचिवमा उज्वल साह, कोषाध्यक्षमा पुष्पा कुमारी साह, सह–सचिवमा अरुण कुमार रामलगायत अन्य सदस्य रहेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष नोखेलाल रायको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा बाल भेला तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की, वडाध्यक्षहरु श्यामबाबु राय, दिनेश राय, विजय भुषण प्रसाद साह, रमेश अधिकारी, रामसोगारथ राय, नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियार, शिक्षा शाखा प्रमुख जनक काफ्ले, बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी बालबालिका तथा किशोर किशोरीहरुले बालबालिकामाथि हुने गरेका दुव्र्यवहार, बालविवाह, लागूऔषध, बाल अधिकार र अन्य समस्याका बारेमा जिज्ञाशा राखेका र सो सम्वन्धमा सहभागी अतिथिहरुले त्यसको जवाफ फर्काउनुभएको हरिपूर्वाबाट हाम्रा संवाददाता मुकेश झाले जानकारी दिए ।