logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बेवारिसे शवको पहिचान खुल्न सकेन


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा नहरले बगाएर ल्याएको बेवारिसे पुरुषको शव फेला परेको छ ।

घुर्कौलीस्थित बागमती नहरको साइफनमा पहिचान खुल्न नसकेको तराई मुलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको हो । मृतकको शव सडेर गन्हाउन थालिसकेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ । शवको पहिचान खुलाउन मृतकको हुलिया सबै प्रहरी युनिटहरुमा पठाएर सोधखोज गरिरहेको हरिवन प्रहरीले जनाएको छ ।